Wednesday 17 October 2018
Contact US    |    Archive
ratopati
1 months ago

नेपाली सेनाको हेलिकप्टरबाट पहिरोमा फसेका दुईको उद्धार

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीको चेताङमा पहिरोमा फसेको दुईजनाको उद्धार गरिएको छ । पहिरोमा फसेका दोर्जे शेर्पा र पाङ्जेन शेर्पा दम्पतीको आज साँझ ७ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । बिहान गोठमा वस्तुलाई घाँस हाल्न गएका शेर्पा दम्पती दिउँसो घर फर्कने क्रममा पहिरोमा फसेपछि घर फर्किन सकेका थिएनन् । चारैतिर पहिरो गएपछि बीचमा फसेका शेर्पा दम्पतीलाई उद्धार गरी विदुरमा ल्याइएको प्रहरीले जनाएको छ ।andnbsp

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाली

 | 

सेनाको

 | 

हेलिकप्टरबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)