Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 16 days ago

डोल्पामा जीप नदीमा खस्यो, १० जनाको मृत्यु

डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ। सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो। दुनैबाट गुडेको ४५ मिनेट जति परको दूरीमा पुगेपछि सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ थापाले बताए। अहिले जीप नदीबाट बाहिर निकालिएको उनले जानकारी दिए।

Related news

Latest News
Hashtags:   

डोल्पामा

 | 

नदीमा

 | 

खस्यो

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources