Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

विदेश जाँदा अब बढीमा १५ सय डलर मात्र पाइने

डलरको सटही सुविधालाई कटौती गर्दै नेपाल राष्ट्र बैंकले अब विदेश जाँदा बढीमा १५ सय डलर मात्रे लैजान पाउने व्यवस्था गरेको छ। यसअघि एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा दिइँदे आएकोमा १५ सयमा झारिएको हो। आयातमा भएको वृद्धिले चालु खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको हो। चालु खातामा घाटा बढ्दा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ। यसबाट डलरको स्टक मजबुत रहने बैंकको भनाइ छ। चालु आर्थिक वर्षको भदौसम्म चालु खाता घाटा ३५ अर्ब ५६ करोड र शोधानान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ। रेमिट्यान्स बढेपनि आयात उच्च हुँदा शोधानान्तर घाटा भएको बैंकले जनाएको छ।

Related news

Latest News
Hashtags:   

विदेश

 | 

जाँदा

 | 

बढीमा

 | 

मात्र

 | 

पाइने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources