Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

चितवनको जुवा अखडाबाट २३ जना पक्राउ

प्रहरीले चितवनका दुई जुवा अखडाबाट २३ जना व्यक्तिलाई बिहीबार बिहान राति पक्राउ गरेको छ। चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर १६ बाट १९ जना र वडा नम्बर १५ बाट चार जनालाई पक्राउ गरिएको हो। वडा नम्बर १६ को अखडाबाट १ लाख ४९ हजार ६८५ र १५ बाट ३ लाख ६ हजार ३६५ नगद तथा कौडा बरामद भएको रेग्मीले बताए। विशेष सुराकीको आधारमा राति प्रहरी अखडामा छापा मार्न पुगेको थियो। पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत कारबाही थालिएको रेग्मीले बताए।

Related news

Latest News
Hashtags:   

चितवनको

 | 

अखडाबाट

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources