Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 12 days ago

दीपावली गर्दा आगलागी

कपिलवस्तु शुद्धोधन गाउँपालिका ३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ। आगलागीबाट करिब चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दीपावलीका लागि बालिएको मैनबत्तीबाट सल्केर आगलागी भएको बताइएको छ। प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Related news

Latest News
Hashtags:   

दीपावली

 | 

गर्दा

 | 

आगलागी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources