Sunday 16 December 2018
Home      All news      Contact us      English
setopati - 25 days ago

आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन्। छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासो छ। काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार नपाई फर्केका योगकृष्ण वैद्यले बताए। आयुर्वेद औषधालयमा २२ प्रकारका औषधि निःशुल्क पाउने सरकारको नीतिगत निर्णय रहे पनि यो औषधालयमा त्रिफला चूर्णसमेत छैन। औषधालयका प्रमुख चिकित्सक डा रुपेन्द्र पुरी बजेट अभावमा धेरै प्रकारका चूर्ण सकिएको बताउँछन्।

Related news

Latest News
Hashtags:   

आयुर्वेद

 | 

औषधालयमा

 | 

चिकित्सक

 | 

औषधिको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources