Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 7 days ago

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,  दुई घाइते

घोराही लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका ७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Related news

Latest News
Hashtags:   

मोटरसाइकल

 | 

दुर्घटनामा

 | 

मृत्यु

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources