Saturday 15 December 2018
Home      All news      Contact us      English
setopati - 10 days ago

सिके राउत पुर्पक्षका लागि जेल चलान

रौतहट जिल्ला अदालतले तराईलाई छुट्टै देश बनाउने अभियान चलाएका सिके राउतलाई थुनामा राख्न कारागार पठाएको छ। जिल्ला न्यायाधीश अम्बिका निरौलाको इजलासले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। उनका अनुसार राउतलाई रौतहटकै जिल्ला कारागारमा पठाइएको छ। राज्यविरूद्ध संगठित अपराध गरेको अभियोग लगाएर प्रहरीले रौतहट जिल्ला अदालतमा राउतविरूद्ध मुद्दा दायर गरेको थियो। उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिए। सर्वोच्चले उनको रिट खारेज गरेपछि रौतहट जिल्ला अदालतले उनको थुनछेक बयान र बहस गरेको थियो।

Related news

Latest News
Hashtags:   

पुर्पक्षका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources