Monday 3 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

सलह कीरा नेपाल पस्याे, के हाे याे ?

एकै दिन हजाराैं हेक्टरकाे बाली सखाप पार्न सक्ने सलह कीरा भारत हुँदै नेपाल प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पुष्टि गरे ।  उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।  यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।


Latest News
Hashtags:   

नेपाल

 | 

पस्याे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources