Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

सलह रोकथाममा सरकार गम्भीर बनोस्: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सलह कीराबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ। पार्टीका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेर्ने समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आइतबार विज्ञप्ति निकालेर सलह कीराबाट हुने सम्भावित क्षति मध्यनजर गर्दै रोकथामका लागि कदम चाल्न आग्रह गरेका हुन्। उक्त कीरा रोकथाम तथा नष्ट गर्न सरकारबाट आवश्यक कदम चाल्नुका साथै क्षति न्युनिकरणका लागि गम्भीर हुन माग गर्दछौं, संयोजक चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ। सरकारले सलह कीरा नेपाल प्रवेशको सम्भावना कम रहेको भन्दै तयारी नगरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ।


Latest News
Hashtags:   

रोकथाममा

 | 

सरकार

 | 

गम्भीर

 | 

बनोस्

 | 

कांग्रेस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources