Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

सुदूरपश्चिम सरकारले एक किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो। मन्त्रालयले नेपालमा भित्रिएको सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बागवनी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए। शर्माले किरा संकलन गरि वडा कार्यालयमा ल्याउनेलाई तत्काल नगद दिइने बताए। लकडाउनमा घरमा बसेकालाई सलह किरा टिप्ने जाँगर चलोस्, हौसला बढोस् भन्ने उद्देश्यले प्रदेश नम्बर ५ भन्दा सुदूरपश्चिमले प्रतिकेजी ५ रुपैयाँ बढाएर २५ बनाएको शर्माले बताए। l


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

सरकारले

 | 

ल्याउनेलाई

 | 

रुपैयाँ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources