Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

राप्रपाले गर्‍यो सचिवालयमा नौ जनालाई मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको सचिवालयमा नौ जनालाई मनोनित गरेको छ। पार्टी विधानअनुसार तीन जना अध्यक्षले आइतबार सचिवालय सदस्यमा नौ जनालाई मनोनित गरेका हुन्। नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, काठमाडौंका भरत रायमाझी, काठमाडौंका इन्द्र चित्रकार, मकवानपुरका राजाराम बर्तौला, भोजपुरका बाबुराम बस्नेत, चितवनका रामशरण पाठक, नुवाकोटका भरतप्रसाद पाठक, ललितपुरकी मीना शाही सचिवालय सदस्य भएका हुन्। आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको राप्रपाले निकालेको विज्ञप्तिमा उल्लेख छ।


Latest News
Hashtags:   

राप्रपाले

 | 

गर्‍यो

 | 

सचिवालयमा

 | 

जनालाई

 | 

मनोनित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources