Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 11 days ago

आमिर खानका केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण

बलिउडका चर्चित कलाकार आमिर खानका केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार आमिर खानले आफ्नो ट्विटरमा एक सूचना जारी गर्दै आफ्ना केही कर्मचारीमा संक्रमण देखिएको बताएका हुन्। मेरा केही स्टाफमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएको छ, उनले सूचनामा उल्लेख गरेका छन्, उनीहरूलाई तत्कालै क्वारेन्टिनमा राखिएको छ। साथै बाँकीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए। उनले लेखेका छन्, अहिले मेरी आमाको परीक्षण गराउँदै छु। उनी परीक्षण गर्न बाँकी अन्तिम व्यक्ति हुन्। प्रार्थना गर्नुस् कि उनको पनि रिपोर्ट नेगेटिभ आओस्। उनले अस्पतालप्रति कृतज्ञता व्यक्त गरे।


Latest News
Hashtags:   

खानका

 | 

कर्मचारीमा

 | 

कोरोना

 | 

भाइरसको

 | 

संक्रमण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources