Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 10 days ago

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ।


Latest News
Hashtags:   

बढ्यो

 | 

पेट्रोल

 | 

डिजेल

 | 

मट्टितेलको

 | 

मूल्य

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources