Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

शुक्रबार थपिए हालसम्मकै धेरै कोरोनाका संक्रमित

शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ। विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।


Latest News
Hashtags:   

शुक्रबार

 | 

हालसम्मकै

 | 

कोरोनाका

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources