Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

करेन्ट लागेर महिलाको मृत्यु

सप्तरीको हनुमाननगर कङ्कालिनीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कङ्कालनी नगरपालिका ७ बनिया टोल बस्ने ४५ वर्षीया राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। आफ्नै घरको कल (ट्युबवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)


Latest News
Hashtags:   

करेन्ट

 | 

लागेर

 | 

महिलाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources