Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

एनसेलले सुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ

एनसेलले वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ सुरू गरेकाे छ । नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने कम्पनीले जनाएकाे छ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ ।  एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् ।  वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ् लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ ।


Latest News
Hashtags:   

एनसेलले

 | 

गर्यो

 | 

वायरफ्री

 | 

वाइफाइको

 | 

प्रि–बुकिङ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources