Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

राजश्व छल्ने १४ फर्म तथा व्यवसायीविरुद्ध मुद्दा

कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा (भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ ।  विभागका अनुसार भीसीटीएसमा प्रविष्ट नगरी कानूनको परिपालना नगरेको अभियोगमा विभिन्न १४ फर्मलाई कारवाही गरिएको हो । विभागले त्यस्तो गलत काम गर्नेलाई रु ३० लाख ७५ हजार बराबरको जरिवाना गरेको छ ।  सरकारले लागू गरेको भीसीटीएस प्रणालीमा सामान आयातको प्रविष्ट गर्नुपर्ने कानुनी प्रावधान छ । राजश्व छली गर्ने ध्येयका साथ व्यापारिक फर्मले कानूनको परिपालना नगरेको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Latest News
Hashtags:   

राजश्व

 | 

छल्ने

 | 

व्यवसायीविरुद्ध

 | 

मुद्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources