Saturday 19 September 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

गएको वर्ष १४९ मेगावाट बिजुली थपियो

गएको वर्ष १४९ मेगावाट बिजुली थप भएको छ। योसँगै नेपालको कूल जलविद्युत जडित क्षमता १ हजार ३ सय ९९ मेगावाट पुगेको उर्जा तथा जलस्रोत मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले गएको वर्षसम्म नेपालमा ९० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच विस्तार भएको जानकारी दिएको छ। ५० लाख १० हजार घरधुरीसम्म बिजुलीको पहुँच पुगेको मन्त्रालयले उल्लेख गरेको छ। गएको वर्षमात्र ३ लाख ३४ हजार घर धुरीमा बिजुलीको पहुँच विस्तार भएको प्रतिव्यक्ति विद्युत खपत बढेर २ सय ६० किलोवाट घण्टा पुगेको मन्त्रालयले जानकारी दिएको छ। ऊर्जा मन्त्रालले गएको वर्ष ४६ अर्ब ३९ करोड बजेट खर्च गरेको छ। यो कूल बिनियोजनको ७३ प्रतिशत हो।


Latest News
Hashtags:   

मेगावाट

 | 

बिजुली

 | 

थपियो

 | 

Sources