Friday 18 September 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

शानको ‘अलि अलि’ गीत सार्वजनिक (भिडिओ) 

गायक तथा संगीतकार शान भुसालको अलि अलि बोलको गीत सार्वजनिक भएको छ। शानकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका सुनिता कार्कीले साथ दिएकी छन्। भिडिओमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन्। सनीरको एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ। भिडिओ उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन र विकास दाहालले सम्पादन गरेका हुन्। राजनीतिक सिनेमाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका शानले हाल देश बाहिर रहेरै आफ्नो सांगीतिक यात्रा जारी राखेका छन्। शानका यसअघि थोरै श्वास , भाग्य , म तिमीमै हराएँ लगायतका गीत सार्वजनिक भइसकेका छन्।


Latest News
Hashtags:   

शानको

 | 

सार्वजनिक

 | 

भिडिओ

 | 

Sources