Friday 18 September 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३१ जना घाइते

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्वरको गाडी दुर्घटनामा परेको हो। बस सडकबाट एक सय मिटर तल खसेको छ। भारतबाट फर्केका ३४ जना यात्री बोकेको सो बस धनगढीबाट अछाम जाने गाडी दुर्घटना भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले बताए। घटनास्थलमै तीनजनाको मृत्यु भएको र घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको उनले सेतोपाटीलाई बताए। अहिले २४ जनालाई जिल्ला अस्पताल सिलगढी ल्याइएको छ र बाँकीलाई ल्याईंदै छ, उनले भने।


Latest News
Hashtags:   

डोटीमा

 | 

दुर्घटना

 | 

तीनको

 | 

मृत्यु

 | 

घाइते

 | 

Sources