Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 3 days ago

कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल

दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ ।एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ ।प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा घोराही उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।


Latest News
Hashtags:   

कर्मचारीमा

 | 

कोरोना

 | 

संक्रमणपछि

 | 

घोराही

 | 

उपमहानगरमा

 | 

Sources