प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।अस्ट्रेलिया सरकारले संचार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए।फेसबुकले अस्ट्रेलियाली संचार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ । साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए । एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान


शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
प्रधानमन्त्रीले भने, ‘ममाथि खतरा छ, मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमाने हुन्छ’
- ratopati
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
- sagarmatha