मन्त्रिपरिषद बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहबारे छलफल भएको छ । यसअघि सरकारले उक्त समूहलाई प्रतिबन्ध लगाएको छ । सरकारले विप्लव समूहलाई २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको थियो । भुमिगत शैलीमा पार्टीको गतिविधि गर्दै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्किन प्रतिबन्ध छ । पछिल्लो पटक खुला राजनीतिमा फर्किन विप्लव समूह, मोहन बैद्य लगायत चार राजनीतिक घटक मिलेर रणनीतिक एकताले पनि विप्लव खुला रुपमा मुलधारमा आउन खोजेको देखिन्छ । यसअघि ८ फागुनमा प्रेस विज्ञप्ति जारी गरी विप्लवले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए । उनले वार्ताको वातावरण बनाउन आग्रह समेत गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सार्वजनिक रुपमा विप्लवसँग वार्ता हुने आसयको अभिव्यक्ति दिँदै आएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा पनि विप्लव समूहबारे छलफल भएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । ‘आजको बैठकमा विप्लव समूहलाई लगाएको प्रतिवन्ध फुकुवा गर्न नगर्ने, वार्ता वस्ने नबस्ने जस्ता विषयमा छलफल भएको छ । केही दिनमा यसको नतिजा निस्केला ।’, ती सदस्यले भने । मन्त्रिपरिषद् बैठक बस्नु अघि आज विहान राष्ट्रिय सुरक्षा बैठक बसेको थियो । त्यस बैठकमा पनि विप्लव समूहकै विषयमा छलफल भएको बताईन्छ ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
मन्त्रिपरिषद बैठकमा विप्लव समूहबारे छलफल


सरकारी अनुसन्धानमा तानिएसँगै अलीबाबाका ज्याक माले गुमाए चीनको सबैभन्दा धनी व्यक्तिको ताज
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
- sagarmatha