Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 7 days ago

जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे...

पाकिस्तानी राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एक सांसदले १४ वर्षीया बालिकासँग विवाह गरेको खवर भिडियामा आएको छ । पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको समाचारमा जनाइएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो । उनले २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिकासँग विवाह गरेका हुन् । ५० वर्षीय मौलाना सलाहुद्दीन राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।


Latest News
Hashtags:   

वर्षीय

 | 

राष्ट्रियसभा

 | 

सदस्यले

 | 

वर्षीया

 | 

बालिकासँग

 | 

विवाह

 | 

Sources