Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 12 days ago

श्रीमती हत्या आरोपमा शरणार्थी शिविरबाट श्रीमान पक्राउ

दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राईलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको बताइएको छ । श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । अभियक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।


Latest News
Hashtags:   

श्रीमती

 | 

हत्या

 | 

आरोपमा

 | 

शरणार्थी

 | 

शिविरबाट

 | 

श्रीमान

 | 

पक्राउ

 | 

Sources