आज काठमाडौंमा आयोजित ग्यालेक्सी टेलिभिजनको उदघाटन समारोहमा आमन्त्रित अतिथिहरु मध्ये वरिष्ठ हाँस्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मात्र राष्ट्रिय पोशाकमा सजिएका थिए। कार्यक्रममा उपस्थित दर्शकरुले उनीहरुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरीएको होला भन्ने अनुमान गरे। तर होईन रहेछ। उनीहरु कुनै कार्यक्रमको सुटिङमा व्यस्त रहेछन। सुटिङकै लुगा लगाएर उनिहरु नक्सालस्थित पाँचतारे होटलमा उपस्थित भए। अझ हरिवंश त भाषण गर्न उदघोषण नगरिएकै अवस्थामा बोल्न मन्चमा उक्लिएका थिए। त्यसवखत हाँस्य अभिनेता आचार्यले आफूले आफ्ना पुराना हाँस्य कार्यक्रमहरुबाट अहिले पनि प्रतिफल पाईरहेको कुरा बताए। उनले नेपाल टेलिभिजनको प्रारम्भिक कालतिर आफूहरुले धेरै कम पैसामा हाँस्य टेलिफिल्महरुको निर्माण गरेपनि जसबाट हालसम्मपनि प्रतिफल पाईरहेको कुरा बताए। उनले नेपाल टेलिभिजनका तत्कालिन अध्यक्ष तथा महा प्रबन्धक नीर शाहले त्यतिखेर एउटा टेलिफिल्मको ४० हजार रुपैंया मात्र दिएको तर लकडाउनका बेला ति टेलिफिल्म एकदिनमै ५ लाख दर्शकहरुले हेरेको स्पष्ट पारे। लालपुर्जा, पन्ध्र गते जस्ता पुराना टेलिफिल्मबाट आफूहरुलाई दर्शकहरुले चिनेको तथा त्यसको प्रतिफल अझै खान पाईरहेको जानकारी दिए। उनले नेपालमा टेलिभिजनहरुको संख्या बढदै गएपनि सिमित विज्ञापन बाँडेर खानु पर्ने स्थिति रहेको बताउँदै नेपाल उध्योग नबढेर राजनैतिक उध्योग मात्र बढेको भनि व्यङ्ग्य गरे।अर्का हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले भने हालै सार्वजनिक गरिएको आफ्नो म्युजिक भिडियो ‘फूल बुल्टे साडी चिटिक्क पारि पछ्यौरी मलमलको’ गीत गाएर सुनाएका थिए। त्यसबखत नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले स्थापनाका बेला नेपाल टेलिभिजनमा ३२ जना उत्साही युवाहरुले निःशुल्क काम गरेको जानकारी दिए। उनले पहिले पटक नेपालीहरुले आफ्नो बोली नेपाल टेलिभिजनको माध्यमबाट सुनेकोले दर्शकहरुले अत्यन्त माया गरेर नेपाली टेलिभिजनलाई आजको स्थितिमा लगेको बिचार प्रकट गरे। वरिष्ठ टेलिभिजन प्रस्तोता विजयकुमार पाण्डेले नीर शाहले आफूलाई नेपाल टेलिभिजनका प्रारम्भिक दिनमै अवसर दिएपनि आफूले कठोर हाकिमका रुपमा उनलाई देखेको बताए।महानायक राजेश हमालले नेपाली टेलिभिजन कार्यक्रमको स्तरियता बढाउन फ्रेन्चाईज कार्यक्रमहरुको भूमिक भएको कुरा उल्लेख गरे। हाँस्य अभिनेता दिपकराज गिरीले आफू सानो पर्दाबाटै सिनेमा प्रवेश गरेको भएपनि परिस्थितिले फेरि फरक भूमिकामा सानो पर्दामा काम गर्ने अवस्था श्रृजना भएको जानकारी दिए। गायिका ईन्दिरा जोशीले टेलिभिजन कार्यक्रमको प्रतियोगितामा सहभागी हुदैं निर्णायक तहसम्मको जिम्मेवारीले आफू गौरवान्वित भएको बताईन।त्यसबखत ग्यालेक्सी टेलिभिजन फोर केका उपाध्यक्ष तथा पूर्व प्रहरी नायब महानिरिक्षक छबिलाल बन्जाडे जोशीले प्रहरी अधिकृतको रुपमा पत्रकारहरुसंगको सामिप्यताले आफू संचार माध्यमसंग जोडिन आईपुगेको कुरा उल्लेख गरे।कार्यक्रमको सुरुमा भाई संचारकर्मीले दाजु संचारकर्मीलाई गरेको दण्डबतले उपस्थित दर्शकहरुलाई भावुक बनाएको थियो। चर्चित टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेले आफना दाजु रेडियो नेपालका वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेलाई मन्चबाटै दण्डबत गरी कार्यक्रम सुरु गर्न अनुमति मागेका थिए।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
हामीले पुराना हाँस्य श्रृखँलाको व्याज खाईरहेका छौंः हरिवंश आचार्य


Fire destroys 47 houses displacing 79 families in Taplejung’s Dobhan bazaar (Updated)
- khabarhub English
शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali