जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । आज बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको हुन सक्ने झाका नाति सुजितकुमार झाले दाबी गरेका छन्। सुजितले घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको बताए। दुवै सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । प्रहरी उपरीक्षक केसीले भने, “दुवैको खोजी भइरहेको छ ।” बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्ररुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति रहेको स्थानीयको भनाइ रहेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
घरबाटै वृद्ध दम्पती बेपत्ता, घरमा रगतका छिटा भेटिए


शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
- sagarmatha