लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५८६.५१ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४६७.९४ मा ओर्लेको छ । कूल २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो । नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६।७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७.०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०.१६ ले ओरालो लागेको छ । केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६।६७, युनिलिभर नेपाल ५।२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट


Fire destroys 47 houses displacing 79 families in Taplejung’s Dobhan bazaar (Updated)
- khabarhub English
शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali