सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको यो निर्णयसगै सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ । प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने संकेत पाएपछि पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेका थिए । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम असंवैधानिक भएकाले बदर हुनुपर्ने मागसहित १३ वटा रिट दायर भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेको संवैधानिक इजलासमा विघटनको मुद्दा २ महिनादेखि विचाराधिन थियो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् । सो विरुद्द सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
संसद विघटन बदर गर्ने सर्वाेच्चकाे फैसला


सरकारी अनुसन्धानमा तानिएसँगै अलीबाबाका ज्याक माले गुमाए चीनको सबैभन्दा धनी व्यक्तिको ताज
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
- sagarmatha