Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 2 month ago

‘ओलीलाई हटाउने तागत हामीसँग छैन, प्रचण्ड-नेपालले जनता झुक्याइरहेका छन्’

संसद पुनःस्थापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ओलीलाई हटाउने तागत आफुहरुसँग नभएको बताएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको चाहाने मात्रै ओलीलाई पदबाट हटाउन सक्ने अवस्था नभएको उनलेब ताएका हुन् । धनगढी पुगेका नेता महतोले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘ओलीलाई हटाउने तागत हामीसँग छैन् । कांग्रेसर जसपा मिलेर मात्रै हटाउन सकिने अवस्था छैन् । यसका लागि नेकपा नै हो चाहिने । नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ ।’प्रचण्ड-नेपाल समूहले जनतालाई झुक्याउने काम भइरहेको उल्लेख गर्दै उनले ओलीले राजीनामा दिएपनि ओलीको विकल्प नेकपाबाटै आउने बताए । उनले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ ।’उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहने बताए ।महतोले रेशम चौधरीलाई रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुने वपन बताए । उनले रेशमलाई अब लामो समयसम्म जेलमा राखिरहने तागत अब कसैसँग नभएको बताए ।


Latest News
Hashtags:   

ओलीलाई

 | 

हटाउने

 | 

हामीसँग

 | 

प्रचण्ड

 | 

नेपालले

 | 

झुक्याइरहेका

 | 

Sources