प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताएका छन् ।मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोली बुधबारदेखि नै दलका नेताहरुसंग छलफल सुरु गर्ने बताएका हुन् । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसंग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।संसदको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाई, व्यवस्थापन लगायत तयारीका काम गरिरहेको छ ।
Wednesday 14 April 2021
nepalnews - 1 month ago
सभामुख सापकोटाले भोलीबाट दलका नेताहरुसँग परामर्श गर्ने


कोरोना भाइरस नेपाल: झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का
- bbc nepali
शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित
- ratopati
केही मान्छेको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली
- imagechannel
व्यवस्था परिवर्तन भएअनुसार नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन सकेन– मन्त्री रायमाझी
- imagechannel