Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

गल्फ स्टार खेलाडी उत्पादनमा आङछिरिङको योगदान (भिडियोसहित)

गल्फ खेल भनेपछि मरिमेटने पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाले गल्फ खेलमा लागेका कयौं खेलाडीहरुलाई शिक्षादिक्षाका लागि सहयोग गरेका थिए। यसरी सहयोग पाएका खेलाडीमा कोही स्वदेशमै स्थापित हुने प्रयासमा छन भने केही विदेशमा छन।११ वर्षको उमेरदेखि गल्फ खेलमा प्रवेश गरेकी प्रतिमा शेर्पाले नेपालको एक नम्बर महिला गल्फर हुँदै विदेशको यात्रा समेत तय गरिसकेकी छिन। विभिन्न ३५ वटा प्रतियोगितामा विजयी भएकी शेर्पाले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने अवसर पाएकी छिन। अहिले अमेरिकामा अध्ययनका साथै गल्फ खेललाई उनले एकसाथ अगाडि बढाईरहेकी छिन। प्रशिद्ध नेपाली गल्फ खेलाडी प्रतिमा शेर्पाले आफ्नो शैक्षिक तथा खेल जीवनमा स्वर्गीय आङछिरिङ शेर्पाको महत्वपूर्ण योगदान रहेपनि आफूले उनलाई धन्यवाद भन्ने अवसर नपाएको दुखेसो गरेकी छिन। रोयल नेपाल गल्फ क्लबमा नेपाल न्युजसंग कुराकानी गर्दै उनले आफूले स्व. आङछिरिङलाई धर्मपिताको मानेको बताइन् । आफुलाइ याे स्थानसम्म पुर्याउने शेर्पालाई धन्यवाद दिन नपाउँदा आफूलाई पश्चाताप हुने गरेको प्रतिमाले बताईन्। आफू अध्ययनका लागि अमेरिका गईसकेपछि पनि निरन्तर टेलिफोनमा कुराकानी भइरहने उल्लेख गर्दै प्रतिमाले आफ्नो खेल हेर्न अमेरिका आउँछु भनेको भोलिपल्टै उनको हेलिकप्टर दुर्घटनामा निधन भएको खवरले मर्माहत भएको बताइन् ।प्रतिमाले आफूले सानैदेखि आङछिरिङको सहयोग पाएको बताउँदै स्कूल समाप्तिपछि प्राईम कलेजमा भर्ना हुने बेलादेखि भर्ना हुने अवस्था होस वा पहिलो पटक सन २०१७ मा अमेरिका जाने बेलामा हवाईटिकटको व्यवस्थापन जस्ता काममा आफूले सहयोग पाएको कुरा उल्लेख गरिन। उनले ४ वर्षदेखि नागरिकता लिन नपाईरहेको अवस्थामा स्वर्गीय आङछिरिङले हेलिकप्टर चार्टर गरी आफू र आफ्ना पितालाई नाम्चेबजार लिएर गएको क्षण भुल्न सक्दिनन्। उनी अमेरिका अध्ययनका लागि जाने अवस्थामा पनि पाएको सहयोगले उनको जीवनमा नयाँ मोड ल्याईदियो। रोयल नेपाल गल्फ क्लबमा निम्न तहमा काम गरिरहेका आफ्ना बुवाआमाको चिन्ता प्रतिमालाई थियो। तर आङछिरिङले अमेरिका जान जोड दिदैं उनका बाबुआमाको समेत हेरबिचार गर्ने आश्वासनले प्रतिमाको अमेरिका प्रस्थानलाई उपयुक्त वातावरण बनेको थियो।उनले अमेरिकामा बिजिनेस म्यानेजमेण्टको अध्ययनका साथै गल्फ खेललाई एकसाथ अगाडि बढाउने अवसर पाईन्। उनको कलेजमा गल्फ टिम एउटा सेमिष्टरमा १० देखि १२ वटा टुर्नामेण्ट हुने गरेको छ। उनले एउटा प्रतियोगिता जितेको तथा स्टेटस च्याम्पियनशीपमा चौथो स्थान प्राप्त गरेकी थिईन। प्रतिमा कोभिडको कारण २ महिनाअघि उनि नेपाल आएर अनलाईन कोर्श गरिरहेकी छिन । रोयल नेपाल गल्फ क्लबमा गल्फ अभ्यास पनि गर्दैछिन ।आङछिरिङको निधन भएपछि उनि गोकर्ण फरेष्ट रिसोर्टमा गएकि छैनन्। नेपालमा गल्फ खेलको विकासकालागि मरिमेटने स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा यही फागुन २१तथा २२ गते गोकर्णमा गल्फ प्रतियोगिताको आयोजना हुँदैछ। हेर्नुहोस भिडियो कुराकानी


Latest News
Hashtags:   

स्टार

 | 

खेलाडी

 | 

उत्पादनमा

 | 

आङछिरिङको

 | 

योगदान

 | 

भिडियोसहित

 | 

Sources