नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Sunday 18 April 2021
ratopati - 11 days ago
सुनको मूल्य बढ्यो

