Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 11 days ago

विस्का जात्रा हुने

कोरोना संक्रमणको जोखिम भन्दै रोक्ने निर्णय भएको विस्का जात्रा हुने भएको छ । प्रशासनले जात्रा रोक्न निर्णय गरेपनि स्थानीयले विरोध गरेपछि अन्ततः जात्रा हुने भएको हो । प्रशासनले सबै क्षेत्र खुला गर्ने र कोरोना भित्रिन नदिन भन्दा जात्रा संचालन गर्नकै केन्द्रीत भएको भन्दै स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरि छाड्ने चेतावनी दिएका थिए।काठमाडौं उपत्यकामा अहिले धेरै स्थानमा जात्रा हुने समय भएकाले बिस्का रोक्ने निर्णयको चौतर्फी विरोध भएको थियो। जनदबाब बढ्दै गएपछि यसवर्ष स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै बिस्का गर्ने निर्णयमा प्रशासन र सरोकारवाला निकाय पुगेको हो।


Latest News
Hashtags:   

विस्का

 | 

जात्रा

 | 

Sources