Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 5 month ago

जाजरकोटमा गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोट । जाजरकोटमा गाडीको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट भेरी नगरपालिका १ रावतगाउँका पृथ्वीबहादुर रावतकी आठ वर्षीया छोरी रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ । खलंगादेखि रिम्नातर्फ गइरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । सवारी चालक धर्मराज बुढा र सवारी धनी विवश शाहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए

Related news

Latest News
Hashtags:   

जाजरकोटमा

 | 

गाडीको

 | 

ठक्करबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources