Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 19 days ago

आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गर्ने दम्पती पक्राउ

विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पु¥याएर अलपत्र पारी उनीहरु फरार भएका थिए । रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ । The post आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गर्ने दम्पती पक्राउ appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

आकर्षक

 | 

पाउने

 | 

प्रलोभन

 | 

देखाएर

 | 

गर्ने

 | 

दम्पती

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources