Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

नेपाली पात्राेबाट एक महिना हटाउन माग

पर्व परिवर्तन अभियान्ताले २०७७ सालबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । उनीहरुले २०७७ सालमा असोज महिना नहटाउने हो भने २०८० सालयता हटाउन नमिल्ने भन्दै २०७७ सालमै असोज महिना हटाउन माग गरेका छन् । विसं २०६७ मा मन्त्रिपरिषद्ले पनि अभियान्ताको मागबमोमि क्यालेन्डर परिवर्तन गर्ने निर्णय गरेको थियो । तर, तत्कालीन अवस्थामा यस विषयमा मत विभाजनका कारण मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषद्ले यो विषयको निर्णय गर्नुअघि विसं २०६४ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्ब सुधार राष्ट्रिय कार्यान्वयन समिति गठन गरी कार्य पनि अघि बढाएको थियो । भारत सरकारले अंग्रेजी तारेखसँग पात्रो मिलाइसकेको छ । उसले सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि परम्परादेखि चल्दै आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारी सायन प्रणालीअनुसार परिवर्तन गरिसकेको छ । तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ता बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ता तर्क गर्छन् । The post नेपाली पात्राेबाट एक महिना हटाउन माग appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

नेपाली

 | 

पात्राेबाट

 | 

महिना

 | 

हटाउन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources