Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

उप–निर्वाचनमा कांग्रेसको सरकारविरोधी अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनलाई सरकारविरोधी अभियानका रुपमा प्रचार प्रसार गर्दै आफ्नो पक्षमा जनलहर ल्याउन प्रयास गर्ने भएको छ । दुई तिहाईको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको तथ्यलाई कांग्रेसले उपनिर्वाचनको प्रचार प्रसारका क्रममा उठाउने भएको छ । सरकार गठनको दुई वर्षमा कुनै देखाउन लायक काम सरकारले गर्न नसकेको कांग्रेसको भनाई छ । कांग्रेसले उपनिर्वाचनलाई सरकारविरुद्ध भण्डाफोरमा प्रयोग गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसै अनुरुपको निर्णय कांग्रेसले पदाधिकारी बैठकबाट गर्ने भएको छ । त्यसका लागि आज पदाधिकारी बैठक समेत बोलाईएको छ । दुई बर्षमा सरकारले गरेका चार कमजोरी लिएर कांग्रेसंले चुनावको प्रचार प्रसारका क्रममा भण्डाफोर गर्ने शर्माले बताए । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, जलविद्युत् आयोजनामा भएका भ्रष्टाचारजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रचारमा जाने कांग्रेसले बताएको छ । अधिकार केन्द्रीकरण गरेर तथा ठूला आयोजनालाई प्रधानमन्त्रीमातहत ल्याएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको कांग्रेसले आरोप लगाउदै आएको छ । दुई वर्षमा सरकारले जनतालाई भरोसायोग्य नतिजा दिलाउन नसकेको, लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्ने प्रयत्न गरेको प्रचार कांग्रेसले गर्नेछ । कांग्रेसले उपनिर्वाचनबाट सरकारको विपक्षमा र कांग्रेसको पक्षमा मत प्रकट हुने दाबी गरेको छ । ०७० मा पहिलो दल बनेको कांग्रेस ०७४ मा भएको निर्वाचनमा भने कमजोर बनेको थियो । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जम्मा २३ सिट जित्दा धेरै प्रभावशाली नेता पराजित हुन पुगेका थिए । पहिलोपटक अभ्यास भएको संघीय संरचनामा कांग्रेस पछाडि परेको छ । सातवटै प्रदेशमा कांग्रेस विपक्षी दलमा सीमित छ । १४ मंसिरमा हुने उपनिर्वाचनको तयारीसहितका विषयमा छलफल गर्न बोलाइएको पदाधिकारी बैठकमा शीर्ष नेताहरू जिल्ला–जिल्ला पुग्ने, प्रचार–प्रसारको शैली निर्धारण गर्ने र चुनावी एजेन्डाको तय गर्नेछ । उम्मेदवारी मनोनयनदेखि नै केन्द्रीय नेताहरू जिल्ला खटिएका छन् । कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा क्षेत्रमा केन्द्रीय नेताको उपस्थितिमा ठाउँठाउँमा चुनावीसभा गर्ने तयारी कांग्रेसको छ । The post उप–निर्वाचनमा कांग्रेसको सरकारविरोधी अभियान appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

उप–निर्वाचनमा

 | 

कांग्रेसको

 | 

सरकारविरोधी

 | 

अभियान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources