Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

विद्याले ह्याण्डल गरिन् स्वर्गीय रवीन्द्र अधिकारीको सामाजिक सञ्जाल

काठमाडौं । रवीन्द्र अधिकारीको निधन भएसँगै रिक्त कास्की २ मा उम्मदेवारी दिएकी उनकै पत्नी विद्याले स्वर्गीय रवीन्द्रको ट्वीट ह्याण्डल चलाएकी छन् । कास्की–२ प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवार बनेकी उनले हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ट्वीटर ह्यान्डल चलाएकी हुन् । उनले उक्त ट्वीट हिजोदेखि चलाएकी हुन् । उनले ट्वीटर ह्यान्डलको नाम परिवर्तन गरेर विद्या भट्टराई बनाइएको छ । उक्त ह्यान्डलबाट चुनाबी प्रचार सुरु भएको छ । स्व. रवीन्द्रसँगै फोटो राखेर विद्याले ‘मेरो प्रतिबद्धता, आर्थिक विकास र समृद्धिको निरन्तरता’ लेखेकी छन् । अधिकारी पदमा बहाल रहेकै बेला एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो । ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । The post विद्याले ह्याण्डल गरिन् स्वर्गीय रवीन्द्र अधिकारीको सामाजिक सञ्जाल appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

विद्याले

 | 

ह्याण्डल

 | 

गरिन्

 | 

स्वर्गीय

 | 

रवीन्द्र

 | 

अधिकारीको

 | 

सामाजिक

 | 

सञ्जाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources