Friday 22 November 2019
Home      All news      Contact us      English
barnanmedia - 13 days ago

दुई नगरबीच १२ बुँदे समझदारी

काठमाडौं । पोखरा र भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि १२ बुँदे समझदारी भएको छ । पोखरामा शुक्रबार भएको एक कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी र भरतपुरकी मेयर रेनु दाहालबीच पर्यटन प्रवद्र्धधनका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस अघि पोखरा र भरतपुरबीच २०७२ जेठमा भगिनी सम्बन्धसमेत स्थापना भएको थियो । यस्ता छन,समझदारी १. पोखरा र भरतपुरमा रहेका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन गर्नका लागि सहकार्य गर्ने । २. बुँदा नम्वर १ मा उल्लिखित सहकार्य गर्नका लागि दुवै महानगरले पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको बारेमा सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने । ३. पोखरा र भरतपुर महानगरपालिका जोड्ने पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडकलाई सुन्दर हाइवेको रुपमा विकास र सौन्दर्यीकरण गर्न संयुक्त पहल गर्ने । ४. पोखरा र भरतपुरबीच सञ्चालन भइरहेका हवाईसेवा र सडक यातायात सेवालाई अझ विस्तार र सुदृढ गर्ने । ५. पोखरा महानगरपालिकाले एक सडकलाई भरतपुर मार्ग र भरतपुर महानगरपालिकाले एक सडकलाई पोखरा मार्ग नामाकरण गर्ने । ६. दुवै महानगरपालिकामा अवस्थित तालतलैया, नदी, रामसारमा सूचीकृत सम्पदाहरु जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सहकार्य गर्ने । ७. दुवै महानगरपालिकाका शहरलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लाष्टिकका झोला, सुर्तिजन्य पदार्थ, बोतल आदिबाट मुक्त क्षेत्र घोषणा गर्दै जाने नीति अवलम्वन गर्ने । ८. दुवै महानगरपालिका बीच विकासका आफ्ना सफल र असफल अभ्यासबाट प्राप्त सिकाईको आदानप्रदान गरी सफल अभ्यासको अवलम्बन गर्नका लागि प्राविधिक सहयोेग समेत आदान प्रदान गर्ने । ९. दुवै महानगरपालिकामा उद्योग तथा सेवा ब्यवसाय प्रबद्र्धन गर्नका लागि दुवै महानगरपालिकामा रहेका उद्योग तथा सेवा ब्यवसायहरुलाई आफना क्षेत्रमा सञ्चालन हुने मेला महोत्सवमा सहभागी गराइने । १०. राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन एवं भ्रमण समेतका विषयहरु संयुक्त रुपमा अगाडि बढाउने साथै दुवै महानगरपालिकाको आधिकारिक वेवपेजमा लिंकेज समेत गर्ने । ११. दुवै महानगपालिकामा पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरु, नीति, निर्दे्िशका, कार्य्िवधि एंव अन्य प्रकाशनहरु आदानप्र्रदान गर्ने । १२. यस समझौताको आधारमा पोखरा र भरतपुरले आगामी दिनमा बिशेष कार्यक्रमहरुमा आमन्त्रित गर्ने एवं अन्य बिषयहरुमा पनि सहकार्य गरी अगाडि बढ्ने । The post दुई नगरबीच १२ बुँदे समझदारी appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

नगरबीच

 | 

बुँदे

 | 

समझदारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources