Friday 6 December 2019
Home      All news      Contact us      English
barnanmedia - 14 days ago

मन्त्रीहरुलाई अन्तरमन्त्रालयमा समन्वय बढाउन प्रधानमन्त्रीको जोड

लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए कारबाही गर्ने चेतावनी ६ मंसिर, काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकका खाल्डाखुल्डी चार महिनाभित्र पुरी सक्न निर्देशन दिनुभएको छ । मन्त्री र सचिवहरूहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आ–आफ्नो जिम्मेवारी अनुसार सबैले, काम गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौंको खाल्डाको गीत कति सुन्ने जहिले सुन्यो, त्यही सारंगी बज्छ । टेलिभिजन खोल्यो उही सारंगी, रेडियो खोल्यो उही सारंगी, अनलाइन हेर्‍यो त्यही सारंगी’ बज्छ भन्द्रै उहाले भन्नु भयो, ‘यो आगामी चौमासिकभित्र काठमाडौंका सबै खाल्डा समाप्त हुनुपर्छ ।’ उहाँले विकासका काममा अन्तरमन्त्रालयबीच सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिदै एउटाले सडक पिच गर्ने, अर्कोले भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो गर्न पाईदैन’ भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाएर मात्र कार्य प्रारम्भ गर्नुपर्यो । विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुपर्यौ ।’ निर्देशनकै क्रममा प्रधाननमन्त्री ओलीले विकास निर्माणको कामले तिव्रता पाउँदा केही समय धुलो उड्नु स्वभाविक भएको तर, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु भएन त्यो ठाउँ प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’ उहाँले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय नभएकोमा असन्तुष्टि व्यक्त गर्दै तीनकुने माइतीघर सडकको उदाहरण दिँदै एउटाले सुन्दरता गर्ने र अर्कोले बिजुलीको खम्बा राखेर बेचेको उदाहरण समेत सुनाउनु भयो । सरकारको समर्थ्यमाथि जनताको विश्वास भएता पनि तत्परतामाथि अविश्वास गरेको प्रधाननमन्त्री ओलीको विश्लेषण थियो । ‘सरकारले चाहेको बेला त एक हप्तामा सडक चिल्लो हुँदोरहेछ नि भनेर जनताले भनिरहेका छन्’ यसरी, ‘एक हप्तामा सवै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन नसक्ने भन्नुभयो ।’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए कारबाही गर्ने चेतावनी दिदै यदी कसैले विकास आयोजनामा सही गर्ने बेला फलानालाई दिनुपर्छ भनेर भन्छ भने त्यो नेपाललाई गरिवीबाट मुक्त गर्ने नीति विपरित काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ’ भन्दै आफुलाई केही चाहिँदैन, तपाईंहरुलाई पनि गाडी छ, राम्रो तलव छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ’ यदि कसैले लोभ गरेर तलमाथि गरे कारवाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु ।’ अहिले सारकारले तीन खाले विरोधको सामना गरिरहेको छ भन्दै प्रधानमन्त्री ओलीले सरकारको कामप्रति हुने विरोधका बारेमा भन्नु भयो। कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न आग्रह गरेका उनले वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधलाई भने बेवास्ता गरेर अगाडि बढ्न सुझाव दिए । ‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुस्’ उनले भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनुपर्दैन । काम गर्दै जाँदा विरोध गर्नेहरु नै आफैं थाक्छन् ।’ प्रधानमन्त्री ओलीले मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न पनि मन्त्रालयहलाई निर्देशन दिएका छन् । पुनरगठनका क्रममा बाहिरीनु भएका मन्त्रीहरु सबै इमान्दार हुनुहुन्थ्यो र सबैले सकेजति राम्रोसित कामै गर्नुभएको हो भन्ने प्रतिक्रिया दिदै तर, राम्रो काम गर्दा गर्दै पनि यत्रो ठूलो पार्टीमा अरुलाई पनि पालो दिनुपरेकाले फेरबदल गरिएको प्रधानमन्त्रीको भनाइ थियो । मन्त्रिपरिषद पुनगर्ठन हुनुपर्‍यो भनेर तलबाट पनि अलिअलि कुरा उठेको र आफूले अलिअलि काम पनि हेरेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए । The post मन्त्रीहरुलाई अन्तरमन्त्रालयमा समन्वय बढाउन प्रधानमन्त्रीको जोड appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

मन्त्रीहरुलाई

 | 

अन्तरमन्त्रालयमा

 | 

समन्वय

 | 

बढाउन

 | 

प्रधानमन्त्रीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources