Sunday 19 January 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

सेटिङमा भन्सार छल्ने काम यसरी हुन्छ

भैरहवा । पश्चिम नेपालको नेपाल भारतको सीमा नजीकैको भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर सरकारको ढुकुटीमा जम्मा हुने राजस्व रकम धेरै गोलमाल पारेको खुलासा भएको छ । व्यापारीले कर्मचारी संग गोप्य सेटिङ मिलाएर आलु, प्याज जस्ता दैनिक उपभागका सामान आयातकर्तासंग हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको खबर मिडिया सहकर्मी अन्नपूर्णमा प्रकाशित छ । भैरहवाका एक व्यापारीकाअनुसार सामान आयात गर्दा गाडी भाडा उल्लेखति बील र बीमा कागज आवश्यक पर्छ । आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजात नलिने गरेको ती व्यापारी बताउँछन् । कागज नहुँदा आफूहरुले नियमानुसार आयातित सामानको कुल मूल्य १२ प्रतिशत थप गरि त्यसबराबरको राजस्व बुझाउँदै आएको उनको भनाई छ । भारतबाट हाल प्याज आउन रोकिएपनि आलु निरन्तर आइरहेको नै छ । कुनैपनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा भाडामा र बीमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ । बिल्टी, सिपिङ बील र बीमा कागज नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले सवारी ढुवानी भाडा र दुई प्रतिशतका दरले बीमा गरि १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व् लिने गर्छ । The post सेटिङमा भन्सार छल्ने काम यसरी हुन्छ appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

सेटिङमा

 | 

भन्सार

 | 

छल्ने

 | 

हुन्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources