Sunday 19 January 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

बोझोद्वारा हाडजोर्नी दुखाई कम गर्नेदेखि सम्झना शक्तिसम्म बृद्धि गराउँछ

गाँउघरमा घाँटीको समस्याले सुकेको स्वर खुलाउनेका लागि जडिबुटी विरुवा बोझोको सेवन उत्तम मानिन्छ । यो तराईदेखि हिमाल,पहाड जताततै पाइन्छ । आयुर्वेद शास्त्रमा बोझोको विशेष महत्व रहेको पाइन्छ । बोझो समुद्रीसतह देखि लगभग २००० मीटर उचाईसम्म पाइन्छ । बोझोको बोट दलदल जमीन तथा सीमसार क्षेत्रमा पाइन्छ । खास गरी हिमाली क्षेत्रमा नदी तथा खोला किनारामा पाइन्छ । सामान्यतया बोझोको काण्ड र जरालाई धोएर मसिनो टुक्रा पारेर काटेर खाने गरिन्छ । तर यसलाई आवश्यकता अनुसार मात्रा मिलाएर खानुपर्छ । यदि बढी खाएमा स्वास्थ्यमा नकरात्मक असर पनि गर्न सक्छ । बोझोका फाइदा घाँटी दुखेको वा ज्वरो आएको बेला बोझो खाएमा निको हुन्छ । बोझोको नियमित सेवनले शरिरको जोर्नी दुखेको र पेट दुखेको पनि निको पार्छ । मानसिक तनाव धेरै छ भने दैनिक बोझो खादा विस्तारै कम हुन्छ ।९बोझो हिस्टेरिया, अनिन्द्राको समस्या भएकाहरुका लागि अचुक औषधी हो । बोझो नियमित खाएमा स्मरणशक्ति बढाउन मदत गर्छ । बोझोले उच्च रक्तचाप नियन्त्रण, दम रोगका साथै वान्ता आउनबाट पनि रोक्छ । घाँटी बसेको निको पार्न, भोक जगाउन, पिनासको उपचार गर्न, बाथ, ज्वरो कफदोष आदि रोगहरुमा बोझोको काण्डलाइ प्रयोग गरिन्छ। पिसाब र दिसा लगाउन र उल्टी गराउन, पीडा कम गर्न रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्नुका साथै पेट दुखाइ कम गर्न पनि बोझोको प्रयोग गरिन्छ । The post बोझोद्वारा हाडजोर्नी दुखाई कम गर्नेदेखि सम्झना शक्तिसम्म बृद्धि गराउँछ appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

बोझोद्वारा

 | 

हाडजोर्नी

 | 

दुखाई

 | 

गर्नेदेखि

 | 

सम्झना

 | 

शक्तिसम्म

 | 

बृद्धि

 | 

गराउँछ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources