Sunday 19 January 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

सहमतीमा बनाइएको यौन सम्बन्धमा पनि किन यस्तो मारपिट ?

बलात्कार , यौन शोषण र यौनहिंसाको खबरले हामीलाई भित्रैदेखि उत्तेजित बनाउने गर्छ। तर बीबीसी रेडियो फाइभको एक अनुसन्धानमा पत्ता लागे अनुसार ४० वर्षभन्दा कम उमेरका एक तिहाईभन्दा बढी महिलाले सहमतीको यौन सम्बन्धमा पार्टनरले उनीहरुलाई थप्पड हानेको, गला दबाएको, हात–खुट्टा बाँधिदिएको दाँतले टोकिदिएको र थुकिदिएको बताएका छन। यीमध्ये कुनै पनि प्रकारको मारपिट , हिंसा झेल्ने महिलामा २० प्रतिशत महिलाले त्यतिबेला आफू अत्यधिक डराएको वा बेकारमा सहमति दिइएछ भन्ने तनावमा भएको स्विकारेका छन्। यस बिषयमा २३ वर्षकी एनाले तीन भिन्न भिन्न अवस्थामा भिन्न पार्टनरसँग स्थापित गरेको यौनसम्बन्धका बेला आफूले यस्तो हिंसा सामना गर्नुपरेको बताइन्। उनीमाथि यस्तो व्यवहार कपाल तान्नेबाट सुरु भयो त्यसपछि उनले थप्पड खानुपर्यो र पार्टनरले उनको घाँटी थिच्ने कोसिस पनि गरे। एना भन्छिन्, ‘म निकै अचम्मित थिएँ । म निकै असहज र भयभीत महसुस गरिरहेकी थिएँ। यदि कसैले तपाईंको गालामा थप्पड हान्छे वा घाँटी थिच्छ भने यो उत्पीडनको घटना हुनसक्छ।’ के हो कारण ? एनाले जब यसबारे आफ्ना साथीहरुसँग कुरा गरिन् तब उनलाई यो एक सामान्य कुरा हुँदै गएको थाहा भयो। एना भन्छिन्, ‘धेरैजसो पुरुषले यो काममा सबै तरिका नअपनाएका पनि हुनसक्छन् तर कम्तिमा एउटा काम त गरेकै हुन्छन्। एउटा घटनामा मलाई मेरा साथीले घाँटी दबाउने कोसिस गरेका थिए त्यो पनि सहमति बिना र कुनै चेतावनी नदिइकनै।’ ‘मेरा एक पार्टनरले यत्ति बल लगाएर यस्ता व्यवहार गर्दथे कि मेरो शरीरमा चोटका दाग देखिन्थे र थुप्रै दिनसम्म पीडा पनि महसुस हुन्थ्यो।’ एना भन्छिन्, ‘मलाई राम्रोसँग थाहा छ कि कति महिलाले आफूलाई यस्तो कुरा मनपर्ने बताउँछन्। तर समस्या यो हो कि हरेक महिला यस्तै चाहन्छन् भनेर पुरुषले सोच्ने गर्छन्।’ अनुसन्धान कम्पनी सेवान्ता कमरेजले १८ देखि ३९ वर्षका २००२ बेलायती महिलासँग सहमतिमा स्थापित गरिएको यौन सम्बन्धका क्रममा पार्टनरले उनीहरुलाई थप्पड हान्ने वा गला दबाउने कोसिस गरेको वा हात–खुट्टा बाँधिदिएको वा थुकिदिएका छन् भनेर पनि सोधिएको थियो । यो स्याम्पल साइजमा ब्रिटेनका प्रत्येक भागका हरेक आयुवर्गका महिला समावेश भए नभएको विचार गरियो। यसमा ३८ प्रतिशत महिलाले आफूमाथि यस्तो हिंसा हुने गरेको स्विकारे। यस्तै ३१ प्रतिशत महिलाले यसलाई हिंसाको संज्ञा नदिएको जबकी ३१ प्रतिशत महिलाले यस्तो अनुभव नभएको र यसबारे केही पनि भन्न नचाहेको बताए। सेन्टर फर विमेन्स जस्टिसले बीबीसीसँगको कुराकानीमा यो आँकडाले युवा महिलामाथि सहमतीमै गरिने यौनसम्बन्धका बेला हिंस्रक, खतरनाक हुनु वा आफैंलाई तल्लो स्तरमा देखाउनका लागि विभिन्न क्रियाकलाप गर्नुपर्ने दबाब बढिरहेको छ। संस्थाले भनेको छ, ‘एक्स्ट्रीम स्तरको पोर्नोग्राफीको सहज उपलब्धता, सर्वसाधारणमाझ त्यसको पहुँच र त्यसको प्रयोगका कारण यस्तो हुनसक्ने आशंका छ।’ विमेन्स एडकी कार्यकारी चीफ एक्जेक्युटिभ एडिना क्लेयर भन्छिन्, ‘४० वर्षभन्दा कम उमेरकी महिलाले थाहा छैन कतिपटक यौन हिंसाको सामना गर्नुपरेको छ, विशेषगरी ती पार्टनरबाट जससँग उनीहरुले सहमतिमै यौनसम्बन्ध स्थापित गर्छन्, तर त्यतिबेला पनि उनीहरु डरमा हुन्छन्, अपमानित हुन्छन् ।’ ‘यौनका लागि सहमत हुँदा पनि हिंसा अर्थात् थप्पड खानु, गला दबाउनेजस्ता हिंसा हुने आशंका कम हुँदैन।’ म असाध्यै डराएकी थिएँः एमाको उमेर ३० वर्ष पारी छ र उनी हालै लामो समयको सम्बन्धबाट बाहिर निस्किएकी छिन्। त्यसपछि उनले कुनै व्यक्तिसँग वान नाइट स्ट्यान्ड खालको सम्बन्ध बनाइन्। एमा भन्छिन्, ‘हामी बेडमा पुग्यौं र यौन सम्बन्ध स्थापित गर्ने क्रममा कुनै चेतावनी बिना नै उनले मेरो घाँटी थिच्न सुरु गरे।’ ‘म चकित परेँ र निकै डराएकी पनि थिएँ। मैले उनलाई केही पनि भनिनँ किनभने त्यतिबेला उनले ममाथि जबर्जस्ती... The post सहमतीमा बनाइएको यौन सम्बन्धमा पनि किन यस्तो मारपिट ? appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

सहमतीमा

 | 

बनाइएको

 | 

सम्बन्धमा

 | 

यस्तो

 | 

मारपिट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources