Sunday 19 January 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

विदेशी पर्यटक सहित भरियाको मृत्यु

पोखरा । गण्डकी प्रदेश अन्तर्गत छुट्टाछुट्टै घटनामा पदयात्राको क्रममा रहेका एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ । हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार सो होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरी को मृत्यु भएको हो । त्यसैगरी गोरखा, चुमनुब्री गाउँपालिका १ साम्दोस्थित होटलमा बास बसेका एक भरियाको पनि मृत्यु भएको छ । फ्रान्सेलीको भारी बोकी गएका गोरखा, धार्चे गाउँपालिका वडा नं ४ का २७ वर्षीय टिसबहादुर गुरुङको चिसोको कारण लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए । kn The post विदेशी पर्यटक सहित भरियाको मृत्यु appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

विदेशी

 | 

पर्यटक

 | 

भरियाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources