Sunday 19 January 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

‘द भ्वाइस अफ नेपाल २’ को विजेता बने राम लिम्बु

काठमाडौं। सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो संस्करणको विजेता राम लिम्बु बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा विजेता घोषणा गरियो। बिजेता भए बापत लिम्वुले एवार्ड र रु १२ लाख पुरस्कार समेत हात पारेका छन । सो रियालिटी शो हिमालयन टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो। राम लिम्बु गुरु प्रमोद खरेलको टिमका सदस्य थिए। गएको साउन ३१ मा यो शो शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए । तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए । आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बिजेता लिम्वूले भनेका छन्, ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’ आउने दिनमा उनले संगीतका माध्यमबाट नेपाली दर्शकको मन जित्ने पनि प्रयत्न गर्ने पनि बताएका छन् । kn The post ‘द भ्वाइस अफ नेपाल २’ को विजेता बने राम लिम्बु appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

भ्वाइस

 | 

नेपाल

 | 

विजेता

 | 

लिम्बु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources