Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन्। झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो। बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। शुक्रबार साँझ तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


Latest News
Hashtags:   

विप्लव

 | 

समूहका

 | 

मेचीनगर

 | 

इञ्चार्ज

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources