Sunday 26 January 2020
Home      All news      Contact us      English
aarthiknews - 2 month ago

कोहलपुर तनावग्रस्त कर्फ्यु लगाउने तयारी

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि  स्थिति तनावग्रस्त भएको छ। कोहलपुर(नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए। झडपमा परि  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुलाई काठमाडौ लैजाने तयारी भैरहेको छ ।


Latest News
Hashtags:   

कोहलपुर

 | 

तनावग्रस्त

 | 

कर्फ्यु

 | 

लगाउने

 | 

तयारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources