Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

सागः भारतले १८ स्वर्ण जित्दा नेपाल बन्यो पदक विहीन

१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा  कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।  स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो ।  त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो । बङ्गलादेशले छ रजत र चार कास्य पदक जितेको हो । चौथो स्थानमा रहेको श्रीलङ्काले दुई रजत र पाँच कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे । सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टोली पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस केएआई र फर्नान्डो टिडिएसको जोडी आठ अङ्कमा रोकिएको थियो ।


Latest News
Hashtags:   

भारतले

 | 

स्वर्ण

 | 

जित्दा

 | 

नेपाल

 | 

बन्यो

 | 

विहीन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources